काठमाडौं। अर्जेन्टिना राष्ट्रिय टीमका कप्तान तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले यस पटकको बालोन्डिओर अवार्ड जितेका छन्। यस पटकसँग उनले सातौँ पटक बालोन्डिओर जित्दै फूटबल जगतमा इतिहास कोरेका हुन्।
फूटबलका बादशाहका रुपमा परिचित लियोनल मेस्सीको सन् २०२०/२०२१ मा स्पेनको चर्चित लिग लालिलामा बार्सिलोनालाई तस्रोमा रहँदा सम्झना लायक रहेन। तर, सन् २०२१ मा उनको कप्तानीमा अर्जेन्टिनालाई पहिलो पटक कोपा अमेरिकाको उपाधी जिताउन सफल भए। जसका कारण उनी पुन: बालोन्डिओर अवार्डको प्रमुख दाबेदारी देखिएका थिए।
विश्व चर्चित बालोन्डिओर अवार्ड फ्रान्सबाट प्रकाशित हुने "फ्रान्सेली फुटबल"ले आयोजना गर्ने गर्दछ। फ्रान्सेली फुटबलले गए राति एक समारोहकाबीच विश्वभरका खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरूको भोटको आधारमा लियोनल मेस्सीलाई बालोन्डिओर अवार्ड प्रदान गर्ने निर्णयमा पुग्यो। जसमा मनोनयनमा परेका मध्ये जर्मन क्लब बार्यानम्युनिखका फरवार्ड रोबर्ट लेवेन्डोस्कीलाई पछि पार्दै अवार्ड जितेका हुन्।
समारोहमा बोल्दै लियोनल मेस्सीले यस पटकको बालोन्डओर अवार्ड रोबर्ट लेवेन्डोस्कीलाई प्रदान गर्नुपर्ने धारणा राखेका थिए। तर, भोटिङको आधारमा गरिएको निर्णयमा लियोनल मेस्सीलाई ६१३ तथा रोबर्ट लेवेन्डोस्कीलाई ५८० भोट आएको थियो।
यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका छन्। बार्सिलोनाले आर्थिक सङ्कटका कारण सम्झौता हुन नसकेका लियोनल मेस्सी यस सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनमा आवद्ध छन्।