काठमाण्डौं(जस)– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ०७७।०७८ आर्थिक वर्षको पहिलो त्रैमासमा २१ प्रतिशतले खुद मुनाफा बढाएको विज्ञप्तिमा सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ०७७।०७८ को पहिलो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ बढेर १२ करोड ७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको सोमबार इन्स्योरेन्स कम्पनीले विज्ञप्तिमा सार्वजनिक गरेको हो ।
उक्त मुनाफा अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रुपैयाँले बढी रहेको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ भने कुल बिमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेर गत असोजसम्ममा जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको इन्स्योरेन्स कम्पनीले जनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर रहेको कम्पनिको दाबी छ । कम्पनीका अनुसार जीवन बिमा कोषमा वृद्धि भएको ३०.११ प्रतिशत रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैया“ले बढेको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ अर्थात् कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो भने खुद सम्पत्तिमा ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेकोे छ । उत्साहजनक प्रगति हाँसिल गरिरहेकोे अवस्थामा कारोबारको पुनर्बिमा विश्वप्रशिद्ध रिइन्स्योरेन्स कम्पनी ह्यानोभर रीसँग गराएको कम्पनीले जनाएको छ ।

