काठमाडौं। दुवईमा जारी आइसीसी महिला टि-२० विश्वकपको एसिया रिजन छनौट अन्तर्गत अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएसँगै विश्वकप छनौटको लागि स्थान बनाउन सकेन। नेपालले अन्तिम खेलमा युएईलाई हराउन सकेको खण्डमा विश्वकप छनौटमा सहभागि हुने अवसर पाउने थियो

आइतबार दुवईमा सम्पन्न खेलमा नेपाल युएईसँग ४८ रनले पराजित हुँदा छनौट हुनबाट वञ्चित हुन पुग्यो। कुल ५ खेलमा नेपालले २ खेलमा हार व्यहोर्नु पर्दा विश्वकप खेल्ने सपनामा ठेस लागेको हो। अन्तिम खेलमा युएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाँकी हुँदा ७९ रनमा अलआउट हुँदा तेस्रो स्थानमा चित्त बुझाउँदै घर फर्किने पक्का भएको हो। युएई नेपाललाई हराएर लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।