काठमाडौं । इङ्लिस प्रिमियर लिगको गए राति सम्पन्न खेलमा चेल्सी, ब्राईटन, टोटनह्याम र म्यानचेस्टर युनाइटेडले जीत निकालेका छन् । चेल्सीले न्यूक्यास्टल युनाइटेड, ब्राइटनले एस्टोनभिल्ला, टोटनह्यामले म्यान्चेस्टर सिटीलाई र म्याचेस्टर युनाइटेडले वेस्ट ब्रुमलाई पराजित गरेको हो । 

 

न्यूक्यास्टल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २-० जीत दर्ता गरेको छ । चेल्सीलाई जीत दिलाउन खेलको १० औँ मिनेटमा न्यूक्यास्टलका फेड्रिको फर्नान्डेजले आत्मघाती गोलबाट अग्रता कायम गरेको थियो । त्यस्तै दोस्रो हाफमा टोनी अब्राहमले चेल्सीको अग्रतालाई दोब्बर पारेर जीत सुनिश्चित गरेका हुन् । त्यस्तै अर्को खेलमा ब्राइटले पनि एस्टोनभिल्लालाई उसकै घरेलु मैदानमा हराएको छ । ब्राइटनलाई जिताउन खेलको पहिलो हाफको १२ औँ मिनेटमा डेनी वेलव्याक तथा दोस्रो हाफको ११ औँ मिनेटमा सोली मार्सले समान १-१ गोल गरेका हुन् । एस्टोनभिल्लाले खेलको दोस्रो हाफको दोस्रो मिनेटमा इरिक कोन्साले १ गोल फर्काए पनि हार टार्न सकेनन् । गए राति नै भएको खेलमा टोटनह्यामले घरेलु मैदानमा म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । टोटनह्यामको जितमा सन ह्युङ् मीन र ग्योभानीले समान १-१ गोल गर्दै सम्रगमा २-० को जीत दर्ता गरेको हो । त्यस्तै म्याचेस्टर युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेजले ५६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जीत दिलाएका हुन् ।

 

यो जीतसँगै ९ खेलबाट २० अङ्क जोडेको टोटनह्याम अङ्क तालिको शिर्ष स्थानमा उक्लेको छ । समान खेल खेलेको चेल्सी १८ अङ्कसहित दोस्रो तथा एक खेल कम खेलेको लेस्टर सिटी १८ हासिल गर्दै अङ्क तालिको तेस्रो स्थानमा रहेको छ ।