एजेन्सी । मुम्बाई इन्डियन्सले इन्डियन्स प्रिमियर लिग (आईपिएल) टि-२०, २०२० को उपाधि जितेको छ । 

साविक विजेता समेत रहेको मुम्बाईले पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि रक्षा गरेको हो । दिल्लीले दिएको १ सय ५७ रनको विजया लक्ष्य १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो । दिल्ली क्यापिटल्सको सुरुवात खराब भएपनि कप्नात श्रेयस र रिषभले उत्कृष्ट पारी खेल्दै दिल्लीलाई सम्मानजनक स्थितिमा पुर्याएको थियो । 

मुम्बाईका लागि कप्तान रोहित शर्माले उत्कृष्ट पारी खेल्दै ५१ बलमा ६८ रनको योगदान गरेसँगै इशान किसानको ३३ रनको सहयोगले मुम्बाईलाई जिततर्फ अग्रसर गर्यो ।

जारी सिजनको ४ भेटमा चारै पटक दिल्लीलाई हराउँदै मुम्बाई इन्डियन्सले उपाधि रक्षा गर्न सफल भयो ।