काठमाडौं। स्पेनिस फुटबल क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शन गरेपछि प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबले बर्खास्त गरेको छ। उनी प्रमुख प्रशिक्षक बनेको १४ महिनापछि बर्खास्तीमा परेका हुन्।

नेदरल्याण्ड्सका नागरिक कोम्यानको प्रमुख प्रशिक्षणमा बार्सिलोनाले जारी सिजनको ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ। यस्तै च्याम्पियन्स लिगमा पनि समूह चरणमा दुई खेल हारेको छ। गत सिजन बार्सिलोना ला लिगाको तेस्रो स्थानमा झरेको थियो। गए राति सम्पन्न लालिगाको १० औँ खेलमा  बार्सिलोनाले रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो।