काठमाडौं । प्रतिष्ठित क्रिकेट लिग आईपीएल टी-२० क्रिकेटको फाइनल आज नेपाली समय अनुसार ७:४५ मा हुँदैछ । आईपीएल १३औं संस्करणको फाइनलमा खेल साविक विजेता मुम्बाई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ ।

आईपीएल लिगको चार पटकको विजेता मुम्बाई इन्डियन्सको यो समग्र  र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

समूह चरणको दुई खेल तथा प्लेअप गरी तीनै खेलमा मुम्बाईले दिल्लीलाई पराजित गरेको थियो ।  तीन खेलमा पराजित गरेको टिमसँग फाइनल खेल्दा मुम्बाईको उच्च मनोबल हुनेछ भने तीन खेलमा हार व्यहोरेको बदला फाइनल जित्दै लिने दाउमा दिल्ली हुनेछ ।

मुम्बाइको कप्तानी रोहित शर्माले गर्नेछ भने दिल्लीको कप्तानी श्रेयस अय्यारले गर्नेछन् ।