एजेन्सी । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा रियल म्याड्रिड भेलेन्सियासँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
भेलेन्सियाको मैदानमा भएको खेलमा भेलेन्सियाले म्याड्रिडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । करिम बेन्जिमाको गोलबाट म्याड्रिडले सुरुवाति अग्रता लिए पनि बाँकी समयमा डिफेन्डरहरुको एक पछि अर्को फल भइरहँदा फराकिलो हार व्यहोर्नु बाध्य भयो ।
भ्यालेन्सियाले गोलमध्ये ३ गोल पेनाल्टीमार्फत र एक गोल उपहार गोल रहेको थियो । भेलेन्सियाको कार्लोस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक गर्दा एक गोल राफायल भरानेले आत्मघाति गरेका थिए ।
रियल यो हार सँगै ८ खेलमा ५ जित १ बराबरी तथा २ खेलमा पराजित हुँदा १६ अंकका साथ चौथो स्थानमा समेटिएको छ । पहिलो स्थानमा रियल सोसिडा, दोस्रोमा भिल्लारियल र तेस्रोमा एथ्लेटिको म्याड्रिड रहेको छ ।