काठमाडौं। नेपाल एएफसी यू-२३ एसिया कप छनौट चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ। समोबार भएको खेलमा नेपाल ईरानसँग ४-० गोलले पराजित भएको हो।
नेपालले आफ्नो समूह बी अन्तर्गत रहेर इरानसँग प्रतिस्पर्धा गरेको थियो। खेलको दोस्रो हाफमा नेपालले सबै ४ गोल ब्यहोरेको हो। ताजिकिस्तानको दुसानबे रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा पहिलो हाफमा पेनाल्टी समेत बचाएर इरानलाई गोलरहित बराबरीमा रोकेको थियो।
दोस्रो हाफमा इरानका लागि खेलको ४७औं मिनेटमा मेहदी, होसेनले ७७ औं र ७९ औं मिनेटमा गोल गरे भने यासिनले इन्जुरी समयमा गोल गरे र नेपालले ४-० गोल अन्तरले खेल हार्यो। जितपछि इरान ३ अंक जोडेको छ। नेपालले अब बिहीबार दोस्रो खेल आयोजक ताजिकिस्तानसँग खेल्ने छ।