काठमाडौं। दुवईमा जारी टि-२० विश्व कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक र शानदार जित निकालेको छ। पाकिस्तानले टि-२० विश्व कप प्रतियोगितामा भारतलाई पहिलो पटक हराउँदै इतिहास रच्न सफल भएको भने भारत विरुद्ध शानदार १० विकेटको जित निकालेको हो।
दुवई इन्टरनेशनल स्टेडियममा गए राति सम्पन्न खेलमा पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङ्को निम्तो दियो। शुरुवाति ब्याटीङ्मा उत्रिएको भारतले पाकिस्तानलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रनको लक्ष्य प्रस्तुत गर्यो। भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए। पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ३ विकेट, हसन अलिले २ तथा शादब खान र हरिस रौफले समान १-१ विकेट लिए।
पाकिस्ताले जवाफी ब्याटिङमा भारतले दिएको १ सय ५२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे भने अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे।
यसअघि पाकिस्तान र भारतबीच टि-२० विश्वकपमा ५ पाँच पटक आमनेसामने भएकोमा सबै खेलमा भारत विजयी भएको थियो। आइसिसी टि-२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले ऐतिहासिक जित सहित सानदार विजयी सुरुवात गरेको छ। पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो।