काठमाडौं। यस सिजनको जारी इङ्लिस प्रिमियर लिगको नवौँ चरणको खेलमा गोलको वर्षा भएको छ। अक्टोवर २३ र २४ मा सम्पन्न नवौँ चरणको १० खेलमा कूल ४० गोल भएको हो।
अक्टोवर २३ मा सम्पन्न खेलमा आर्सनलले घरेलु मैदानमा एस्टोनभिल्लालाई ३-१ ले पराजित गर्दा चेल्सीले नर्विच सिटीलाई ७-० को जितको सानदार जित निकाल्यो। जितसँगै ९ खेलमा ७ जित १ बराबरी १ हारसहित चेल्सी लिगको शीर्ष स्थानमा रहेको छ। सोही दिन सम्पन्न खेलमा क्रिस्टल प्यालेस र न्यूक्यास्टल तथा लिड्स युनाइटेड र उल्वरह्याम्टनबीचको खेल १-१ गोलको बराबरीमा सकियो। त्यस्तै इभर्टनलाई उसकै मैदानमा वाटफर्डले ५-२ गोलले हराउँदा साउथ ह्याम्टन र वर्नलीले २-२ गोलको बराबरी खेले। लिगको तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले ब्राइटनलाई उसकै मैदानमा ४-१ ले हरायो।
त्यस्तै अक्टोबर २४ मा सम्पन्न ३ खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई उसकै मैदानमा ५-० को सानदार जित दर्ता गर्दा वेस्टह्याम युनाइटेडले टोटनह्यामलाई घरेलु मैदानको फाइदा लिँदै १-० गोलको जित दर्ता गर्यो। अर्को खेलमा ब्रेन्टफोर्डलाई लेस्टर सिटीले उसकै मैदानमा २-१ ले जित्यो।
इङ्लिस प्रिमियर लिगको ९ वौँ चरणको खेल समाप्त हुँदा चेल्सी ९ जित १ बराबरी र १ हारसहित २२ अङ्क बटुलेर लिगको शीर्ष स्थानमा रहेको छ। अपराजित रहेको लिभरपुल ६ जित र ३ बराबरी सहित २१ अङ्कको साथमा लिगको दोस्रो र ६ जित २ बराबरी र १ खेल हारेको म्यान्चेस्टर सिटी २० अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ।