एजेन्सी । स्पेनिस ला लिगाको हिजो राति भएको खेलमा बार्सिलोनाले बराबरी खेलेको छ ।
आलाभेसको मैदानमा भएको खेलमा घरेलु टोलीले ३१ औं मिनेटमा रिओजाको गोलबाट अग्रता लिएको थियो । पछिल्लो समय जितका लागि संघर्ष गरिरहेको बार्सालाई उक्त गोल बराबरी गर्न ठूलो कष्ट पर्यो । आलाभेस जोटा पेलेटेरियोले खेलको ६२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खँदै मैदान छोडेपछि १० खेलाडिमा सिमित हुन पुग्यो । १० खेलाडीमा सिमित आलाभेसविरुद्ध ग्रिजम्यानले ६६ औं मिनेटमा गोल गरे । बाँकी समयमा वार्साले कुनै जादु देखाउन नसक्दा खेल १-१ गोलको बराबरीमा सकियो ।
पछिल्लो ४ खेलमध्ये २ खेलमा बराबरी र २ खेल गुमाएको वार्साले यो सिजन जम्मा २ खेलमा मात्रै जित निकाल्न सकेको छ । लिगको सुरुवातमा निकै संघर्समा देखिरहेको बार्सा ६ खेलबाट जम्मा ८ अंकसहित लेगको १२ औं स्थानमा रहेको छ ।