एजेन्सी । स्पेनिस लिग ला लिगाको हिजो राति भएको खेलमा रियल म्याड्रिडले सहज जित निकाल्दै लिगको शिर्षस्थान कब्जा गरेको छ । 

रियलको घरेलु मैदानमा भएको खेलमा पहुना टोली हुएस्कालाई ४-१ गोल अन्तरले हराएको हो । रियललाई जित दिलाउने क्रममा लामाे समयदेखि गोलको खडेरी खेपिरहेको हाजर्डले सुरुवाति अग्रता बनाएभने करिम बेन्जिमाले २ गोल तथा भालभार्डेले १ गोल गरे । त्यस्तै हुएस्काको डेभिड फेरेर्योको गोल सान्तावनाको रुपमा रह्यो । 

सातौं चरणको खेलमा जित्दै रियलको जम्मा ५ खेलमा जित १ खेल ड्र र १ खेलमा हार व्यहोर्दै १६ अंकको साथ लिगको शिर्षस्थानमा उक्लिएको छ ।