एजेन्सी । युसिएलको दोस्रो चरणको खेलमा बार्सिलोनाले युभेन्टसको घरेलु मैदानमा नै पराजित गरेको छ । 

बार्सिलोनाले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

फुटबलको सुपरस्टारद्वय लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको भिडान्तको रुपमा रहेको खेलमा रोनाल्डो भने कोभिड-१९ पोजेटिभ देखिएकोले खेल्न सकेनन् ।

रोनाल्डोबिन मैदानमा उत्रिएको युभेन्टसका लागि मेस्सी समस्याको रुपमा रह्यो । दुवै गोलमा मेस्सीको सहभागिता रह्यो । पहिलो गोल मेस्सीको असिष्टमा डेम्बेलेले गरे भने दोस्रो गोल मेस्सीले पेनाल्टीबाट गरे । 

समूह जीको दोस्रो चरणको खेलपश्चात दुई खेलमा दुई जित निकाल्दै बार्सिलोना ६ अंकसहित पहिलो स्थानमा रहेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरेको युभेन्टस ३ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै एक/एक खेल बराबरी र एक/एक खेल हारेको ड्यानामो  किउ र फेरेन्सभरोसी १/१ अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा रहेको छ । 

त्यस्तै हिजो राति नै भएको अन्य खेलमा इंग्लिस क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडले शानदार जित दर्ता गर्यो । चेल्सीले क्रास्नोडरलाई ४-० हराउँदा युनाइटेडले लाइपजिङलाई ५-० गोलले हराउँदा पिएसजीले बासकसेहिरलाई २-०, डर्मुन्डले जेनिटलाई २-०, सेभिल्लाले रेन्सनेसलाई १-० ले हराउँदा क्लब वर्ग र लाजियोले १-१ तथा फेरेन्सभारोसी र डाइनामोले २-२ को बराबरी खेल्यो ।