एजेन्सी । च्याम्पियन्स लिगको हिजो राति भएको खेलमा रियल म्याड्रिडले ग्लाडबाचसँग २/२ को बराबरी खेलेको छ ।

ग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको ३३औ र दोस्रो हाफको ५8 औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । 

तर खेलको ८७ औं मिनेटमा रियल म्याड्रिडका करिम बेन्जिमाले कमब्याक गोल गर्दै २-१ को स्थितिमा ल्याउन सफल भए । त्योको ३ मिनेट पछि ९० औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई हारबाट जोगए । 

दुई खेलबाट १ अंक जोडेको रियल समुहको चौथो स्थानमा रहेको छ। एक समुहमा ४ टिम रहेको समूह चरणको २ खेल सकिँदा १ खेलमा जित र १ खेलमा बराबरी नतिजा निकालेको सख्तार डेनेक्स ४ अंकसहित समूहको पहिलो स्थानमा रहेको छ भने २ खेलमा बराबरी नतिजा निकालेको ग्लाडबाच दोस्रो स्थान तथा समान २ खेलमा बराबरी नतिजा निकालेको इन्टर मिलन तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै हिजो राति नै भएको अन्य खेलहरुमा इंलिस क्लब लिभरपुर र म्यानचेष्टर सिटीले सहज  जित निकालेको छ । लिभपुलले मिड्तिल्यान्डलाई २-० र सिटीले मार्सेलिलाई ३-० गोलले हरायो । अर्को खेलमा पोर्टोले ओलम्पियाकोसलाई २-० र एथ्लेटिको म्याड्रिडले सल्जवर्गलाई ३-२ ले हरायो भने एथ्लान्ट र एजाक्सले २-२ को बराबरी खेल्यो । 

नेपाली समयअनुसार आज ११:४० मा पिएसजी र बासकसेहिर तथा इंग्लिस क्लब चेल्सी र क्रस्नोडार आमनेसाम्ने हुँदैछन् ।