एजेन्सी । बार्सिलोनाको अध्यक्ष जोसेप मारिया बार्टोमेउसहित बोर्डको सदस्यहरुले राजिनामा दिएका छन् ।
क्याटलान क्लबका अध्यक्षले आफ्नो कार्यकाल नसकिँदै राजिनामा दिएका हुन् । पछिल्लो समयमा विभिन्न विषयहरुमा विवाद बन्दै आएका बार्टोमेउलाई अध्यक्ष पदबाट पछिहट्न बार्सिलोनाका समर्थक तथा सदस्यहरुले माग गर्दै चर्को आएका थिए ।
पछिल्लो समय कोभिड-१९ को महामारीसँगै क्लबको खस्कँदो आर्थिक अवस्था तथा क्लबका कप्तान मेस्सीसँगैको विग्रँदो सम्बन्धका कारण बर्टोमेउ विवादको चुलिँदै गएको थियो । चर्को आलोचना र विवादको कारण अध्यक्षहसितको बोर्डले राजिनामी दिएको हो ।