काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नु भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन रुलिङ गर्नु भएको हो । हिजोको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन सभामुख सापकोटाले निर्देशन दिनु भएको हो ।

आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाँले त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । ००००