काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिदै उहाँले युवाको विचारलेनै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताउनु भएको हो। प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताउनुभयो । समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न समेत उहाँले सम्पुर्ण युवाहरुलाई आग्रह आह्वान गर्नुभयो।

सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई थियो । विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो।