काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिनु भएको छ ।
महाप्रबन्धक भट्टराईले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईमाथि स्पष्टीकरण सोधेको थियो । राजीनामा दिँदै महाप्रबन्धक भट्टराईले आफूले नियुक्ती लिएको दिनदेखि इमान्दारीता पूर्वक काम गरेर नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । आफ्नो कामकारबाहीमा त्रुटि देखाइ सोधिएको स्पष्टीकरणको भने उहाँले खण्डन गर्नुभएको छ । सरकारले स्पष्टीकरण सोध्ने क्रममा लगाएका आरोपहरु आफ्नो पदीय जिम्मेवारी भन्दा बाहिर रहेको उहाँको दाबी छ ।
महाप्रबन्धक भट्टराईले नेपालको रेल्वेको क्षेत्रमा भइरहेको कामकारबाही र आगामी दिनका योजनाको बारेमा समेत सरकारलाई जानकारी गराउनु भएको छ ।
हेर्नुहोस् राजीनामा पत्र


