सिन्धुली। नेकपा एमाले आवद्ध सिन्धुलीका नेता कार्यकर्ता एकजुट भएको नेकपा एमालेका केन्द्रीय सदस्य प्रदिप कटुवालले जनाएका छन्। गुटगत भेला तथा छलफल गरिरहेका सिन्धुली नेता कार्यकर्ता एकजुट भएको उनले बताएका हुन्।

बागमती प्रदेशसभा सांसद समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य कटुवालले नेकपा एमाले सिन्धुलीका सम्पूर्ण नेता कार्यकर्ता एक ढिक्का भएर अगाडी बढ्ने निर्णय भएको बताए। जिल्लामा केही समयदेखि गुटगत छलफल तथा विभाजनमा रहेको हल्ला चलिरहेको बेला सिन्धुलीका नेकपा एमालेका नेता तथा कार्यकर्ता एक ढिक्का भएर अघि बढ्ने निर्णय भएको हो। 

नेता कटुवालले कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकता, जनताको बहुदलिय जनवादमा एक ढिक्का भएर लाग्ने र आन्दोलनका उपलब्धिसमेत संस्थागत गर्न पनि गुटफुट घातक हुने निष्कर्ष निकाल्दै सिन्धुलीका नेता तथा कार्यकर्ता एकजुट हुने भएका हुन्।