काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन र पिसीआर दुवै विधीबाट १२ हजार ५८५ जनामा गरिएको परीक्षणमा उक्त सङ्क्रमितको पहिचान भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ। नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९४.६% रहेको मन्त्रालयले जनाएको छ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार २६३ जना पुगेको छ।