काठमाडौं। कोपा अमेरिका कप अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बियाले सेमीफाइनलमा स्थानमा बनाएका छन्। कोलम्बियाले उरुग्वे र अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै सेमीफाइलनमा स्थान बनाएको हो। 

कप्तान लियोनाल मेस्सीको प्रेरणादायी खेलमा अर्जेन्टिनाले इक्वेडर ३-० ले हराएको हो। खेलको ४०, ८४ र अतिरिक्त समयको अन्तिम तिर क्रमश रोड्रिगो डे पाउल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले गोल गर्दा खेल ३-० ले जित्यो। खेलको सबै ३ गोलमा कप्तान लियोनल मेस्सीको सङ्लग्नता रह्यो। मेस्सीले खेलमा २ असिस्ट तथा १ गोल गरे। जितसँगै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।

त्यस्तै, आज बिहान सम्पन्न अर्को खेलमा कोलम्बियाले उरुग्वेलाई ट्राइब्रेकरमा ४-२ ले जितेको छ। खेलको नियमित समय र अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल नहुँदा खेलको निर्णय ट्राइब्रेकर मार्फत लिईएको थियो।

कोपा अमेरिका अन्तर्गतको क्वाटरफाइलनको खेल सकिएको छ। अब सेमीफाइनलको खेल जुलाई ६ र ७ तारिकमा हुनेछ । सेमीफाइनलमा ब्राजिल र पेरू तथा कोलम्बिया र अर्जेन्टिनाबीच खेल हुनेछ।