काठमाडौं। युरोकप अन्तर्गत गए राति सम्पन्न खेलमा डनमार्क र इङ्गल्याण्डले सेमिफाइलमा स्थान बनाएको छ। गए राति सम्पन्न खेलमा डनेमार्कले चेकरिपब्लिक र इङ्गल्याण्डले युक्रेनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

गए राति सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा चेकरिपब्लिकलाई डेनमार्कले २-१ ले हरायो। डनेमार्कलाई जिताउन खेलको ५ औँ मिनेटमा थोमस डेलानी र खेलको ४२ औँ मिनेटमा क्यास्पर डोलवर्जले गोल गरे। चेकरिपब्लिकले खेलमा दोस्रो हाफको चौथो मिनेटमा प्याट्रिक स्चिङ्कले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा गोल गर्न नसक्दा खेल डेनमार्कले जितेको हो। 

त्यस्तै, मध्यराति सम्पन्न अर्को खेलमा इङ्गल्याण्डले युक्रेनलाई ४-० ले जितेको छ। इङ्गगल्याण्डको एक पक्षिय खेलमा इङ्ल्याण्डका स्ट्राइकर ह्यारी केनले २ तथा ह्यारी म्यागुइरे र जोर्डन हेण्डरसनले समान १-१ गोल गरेका थिए। 

यस खेलसँगै युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलको खेल सम्पन्न भएको छ । सेमीफाइनलमा इटाली र स्पेन तथा इङ्गल्याण्ड र डेनमार्कबीच खेल हुने भएको छ। सेमीफाइनलका खेलहरू जुलाई ७ र ८ मा नेपाली समय अनुसार राति १२:४५ बजे हुनेछ।