काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ १७ गते (आज)बाट निस्काशन हुने भएको छ । एक सय रुपैया प्रतिकित्ताको दरले ३ लाख ८९ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजारको ३२.११% शेयर निष्काशन गर्न लागेको हो । निष्कासन हुने मध्ये ०.५% ले हुन आउने ६ हजार ५८ कित्ता शेयर कर्मचारीको लागि र जारी पूँजीको ५% ले हुन आउने १९ हजार ४५० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । त्यसपश्चात बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला हुने छ।

आईपिओमा आवेदन दिन असार १७ गते आजदेखि छिटोमा असार २१ गते  रहेको छ भने ढिलोमा असार ३१ गतेसम्म सकिने छ भने न्युनतम १० कित्तादेखि बढीमा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।