काठमाडौं। युरो कप अन्तर्गत गए राति सम्पन्न खेलमा इटाली र डेनमार्कले जित दर्ता गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ। इटालीले अष्ट्रियालाई २-१ ले र डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो। 

नेपाली समय अनुसार हिजो साँझ ९:४५ मा भएको खेलमा डेनमार्कले सानदार जित सहित क्वाटर फाइनल प्रवेश गरेको छ। डेनमार्कका लागि खेलको २७ औँ तथा ४८ औ मिनेटमा क्यास्पर डोलर्वजले २ गो गर्दै अग्रता दिलाएका थिए। खेलको ८८ औँ मिनेटनमा जोयकिम मिचेलले गोल गर्दै अग्रतालाई तेब्बर बताए भने खेलको इन्जुरी समयमा मार्टिन ब्राथवेटले गोलगर्दै डेनमार्कलाई सानदार विजयी गराएका हुन्। वेल्सका ह्यारी विल्सनले खेलको ९० औँ मिनेटमा रातोकार्ड खाँदै मैदान छोड्दा डेनमार्कलाई थप राहत मिलेको थियो। 

त्यस्तै, मध्यराती १२:४५ मा भएको इटाली र अष्ट्रियाबीचको खेलमा इटालीले संघर्षपूर्ण जित दर्ता गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ। ९० मिनेटको नियमित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो। अतिरिक्त समय इटालीका लागि भाग्यमानी सावित हुँदा खेल इटालीले २-१ ले जित्यो। इटालीका लागि खेलको ९५ औँ मिनेटमा फ्रेडिको चेइसाले गोल गर्दै अग्रता दिलाए। त्यसको १० मिनेट पश्चात अर्थात् खेलको १०५ औँ मिनेटमा माट्टियओ पेस्सीन्नाले गोल गोलगर्दा इटाली जिततर्फ उन्मुख भयो। अष्ट्रियाका सासा कालाज्डिजले खेलको ११४ औँ मिनेटमा सान्त्वना गोल फर्काए। 

आज राति ९:४५ मा नेदरल्याण्ड र चेकरिपब्लिक तथा राति १२:४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ।