सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा आजबाट निवेदन दिन सकिने छ । इन्स्योरेन्सको आईपीओमा आगामी असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले चुक्चा पूँजी एक अर्ब पुर्याउन आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न गर्नेछ जस मध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने सर्वसाधारणले २७ लाख ३० हजार कित्तामा मात्र शेयरका लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन कर्ताले न्यूनतम १० देखि अधिकताम १००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा आजबाट निवेदन दिन सकिने छ । इन्स्योरेन्सको आईपीओमा आगामी असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।

