काठमाडौं। इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल हाल बेहोरेको छ। नेपालले इराकसँग ६-२ गोल अन्तरले हारेको हो। 

खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि डिफेन्सलाई र गोलरक्षकबीच समन्वय हुन नसक्दा खेल हारेको हो। नेपालले पहिलो हाफको ३७ औँ मिनेटसम्म २-१ को अग्रता लिएपनि त्यसपछि लगातार तीन गोल खान पुग्दा पहिलो हाफमा ४-२ ले पछि पर्‍यो। 

खेलको दोस्रो हाफमा रक्षात्मक देखिएको नेपालले खेलको ६५ औँ र ७४ औँ मिनेटमा गोल खायो र समग्रमा ६-२ को हार ब्यहोरेको हो। 

खेलको ७ औँ मिनेटमा इराकले अग्रता लिए लगतै नेपालको आक्रमण बचाउन खोज्दाअहमद इब्राहिम खलाफले आत्मघाती गोल गर्न पुग्दा नेपाल १-१ को बराबरी सहित खेलमा फर्कियो उनले अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा आफ्नो पोस्टमा गोल हुन पुगेको थियो।

नेपालले खेलको ३० औं मिनेटमा मनिष डाँगिको गोलमा २-१ को अग्रता बनायो। उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए।

खेल इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति सम्पन्न भएको थियो