काठमाडौं। यस सिजनको च्याम्पियन्स लिगको उपाधी लण्डन क्लब चेल्सीले जितेको छ। उसले इङ्लिस प्रिमियर लिग बिजेता म्याचेस्टर सिटीलाई १-० पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधी दिलाउन काई हाभर्टेजले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। चेल्सीले खेलको पहिलो हाफमा  लिएको अग्रता कायम राख्दा चेल्सीको डिफेन्सलाई म्यानचेस्टर सिटीले चिर्न नसक्दा चेल्सीले १-० ले उपाधी जितेको हो। 

यस अघि चेल्सीले सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस पटक सहित उसले उपाधि होडमा दोस्रो पटक नाम लेखाउन सफल रह्यो । म्यानचेस्टर सिटी भने च्याम्पियन्ल लिग इतिहासमा  पहिलो पटक फाइनल पुगे पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधी जितन् सकेन।