काठमाडौं। नेपाली क्रिकेटर लेगस्पिनिनर सन्दीप लामिछाने सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने पक्का भएको छ। राइडर्सले लामिछानेलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेपछि सिपिएल खेल्ने पक्का भएको हो ।

लामिछानेले यो सँगै लगातार चौथो पटक सिपिएल खेल्न जान लागेका हुन्। लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन् ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन् । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।