सानिमा जनरल इन्स्योरेन्सले यहि असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड ले  जिम्मा पाएको छ। 

 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले चुक्चा पूँजी एक अर्ब पुर्‍याउन आइपीओ निष्काशन गर्न लागेको हो । 

 

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न गर्नेछ जस मध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने सर्वसाधारणले २७ लाख ३० हजार कित्तामा मात्र शेयरका लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन कर्ताले न्यूनतम १० देखि अधिकताम १००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।