काठमाडौं। इटालियन क्लब युभेन्टस लिगको अन्तिम खेलबाट च्याम्पियन्स लिगमा छनौट हुन सफल भएको छ। इटालिएन सिरी ए अन्तर्गतको अन्तिम खेलमा बोलोग्नालाई ४-१ ले जित दर्ता गरेपछि र नेपोलीले भेरोनासँग बराबरी खेल्दा युभेन्टसको भाग्य खुलेको हो।
लिगको अन्तिम चारको समिकरण अन्तिम खेलबाट टुङ्गिएको छ। सिरी एको उपाधी अन्तिम खेल अघिनै टुङ्गोलागे पनि च्याम्पियन्स लिगको लागि स्थान बनाउन युभेन्टस संघर्षरत थियो।
अन्तिम खेलमा नेपोली बराबरीमा रोकिँदा र युभिन्टसले जित निकाल्दा ७८ अङ्कका साथ लिगको चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग खेल्ने पक्का भएको हो।
युभेन्सको जितमा एल्भारो मोराटले २ तथा फेडेरिको र एड्रिन राबिओटले समान १-१ गोल गरे। अन्तिम खेल पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले खेलेनन्।