काठमाडौं। फ्रान्सेली फुटबल लिग लिगवानको पेरिस सेन्ट जर्मेन (पिएसजी) को १० वर्षे प्रभुत्वलाई समाप्त पार्दै यसवर्ष लिल्लेले लिगको उपाधि जितेको छ। गए राति सम्पन्न खेल अन्तिम खेलमा लिल्लेले उपाधी जितेको हो।
लिल्लेले उपाधीका लागि एन्जर्समाथि २-१ को जित दर्ता गर्दै लिगवान च्याम्पियन बनेको हो। पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २-० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा लिल्लेसँग १ अंकले पछि पर्दा उपाधी जित्न सकेन ।
लिल्लेको जितमा खेलको १० औँ मिनेटमा जोहन्नाथन डेभिडले अग्रता दिलाए भने खेलको ४६ औँ मिनेटमा बुराक इल्माजले पेनाल्टी मार्फत गोलगर्दै लिल्लेलाई उपाधिको बाटो देखाए। एन्जसर्ले खेलको इन्जुरी समयमा गोल गरेपनि जितको लागि पर्याप्त भएन र खेल लिल्ले स्पष्ट ३ अङ्क जोड्दा उपाधि जित्न सफल भयो।
उपाधी दाबेदार पिएसजीले ३८ खेलमा ८२ अङ्कका साथ दोस्रो स्थानमा रह्यो