काठमाडौं। बार्सिलोनाका कप्तान लिओनल मेसीले आठौँ पटक पिचिची अवार्ड जितेका छन् । यस २०२०/२१ सिजनको ला लिगामा लिग फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्दै उनले लगातार पाँचौ पटक यस अवार्ड जितेका हुन्।
बार्सिलोनाका कप्तान मेसीले यस सिजनमा सर्वाधिक ३० गोल गरे। बार्सिलोनालाई उपाधी जित्न सकेन यस सिजनमा बार्सिलोना तेस्रो स्थानमा रहेर लिगको अन्त गर्यो। उपाधी होडबाट बाहिरिएपछि अन्तिम खेल मेस्सीले खेलेनन् । उक्त खेल एन्टोनी ग्रिजम्यानको गोलको मद्दतले ईबारलाई १-० ले जित्यो।
त्यस्तै ला लिगामा सर्वाधिक गोलकर्ताहरूको क्रमश दोस्रो स्थानमा रियल मड्रिडका बरिम बेन्जामा र भियारियालका जेरार्ड मोरेनोले यस सिजनमा समान २३ गोल गरेका छन् ।
मेस्सीले सन् २००९/१० मा पहिलो पटक सर्वाधिक ३४ गोल गर्दै पिचिचि अवार्ड जितेका थिए। त्यस पश्चान सन् २०११/१२ सर्वाधिक ५० गोल र २०१२/१३ मा सर्वाधिक ४६ गोल गर्दै लगातार दुई सिजन अवार्ड जित्न सफल रहे। सन् २०१६/१७ को सिजनदेखि हालसम्म क्रमश सर्वाधिक ३७, ३४, ३६, २५ तथा ३० गोल गर्दै लगातार पाँचौँ पटक मेस्सीले पिचिचि अवार्ड जित्दै सर्वाधिक अवार्ड जित्ने किर्तिमान बनाएका हुन्।
त्यस्तै मेस्सी युरोकपको शीर्ष लिगहरूमध्ये धेरै सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने खेलाडी समेत बनेका छन्।