काठमाडौं। स्पेनिश लिग लालिगाको उपाधी एट्लेटिको म्याड्रिडले जितेको छ। उसले यस सिजनसँग ११ औँ पटक लालिगा उपाधी जित्न सफल भएको हो। 

एट्लेटिको म्याड्रियडको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे का हुन्। लिगको अन्तिम खेलमा १-० ले पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली रियल भालाडोलिडमाथि २-१ को जित दर्ता गर्दै लिग च्याम्पिएन बनेको हो।

लिगको उपाधी होड रोमान्चक भएको लिगको पहिलो हाफमा लिग दाबेदार दुवै टोली रियल र एट्लेटिकोले खेलको दोस्रो हाफमा कमव्यक जित दर्ता गरेका छन्। रियल कमब्यक जित दर्ता गरेपनि उपाधी भने जिताउन सकेन। एट्लेटिकोले लिगको ३८ खेलबाट ८६ अङ्क बटुल्दै लिग जितेको छ समान खेलबाट रियलम्याड्रिड ८४ अङ्क र बार्सिलोनाले ७९ अङ्क सहित तेस्रो स्थानमा रहेको छ।