खाङसाङ। फिक्कल गाउँपालिकामा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाले ७३ जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि सिन्धुलीमाढी स्थित कोभिड ल्याब पठाउँदा उक्त सङ्क्रमित फेला परेको हो।
गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार फिक्कल गाउँपालिकामा कोभिड -१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे र कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका ७३जना व्यक्तिहरुकाे पिसिआर गर्न सिन्धुली कोभिड -१९ पिसिआर ल्याब पठाईएकाेमा ५ जना महिला ९ जना पुरुष गरि जम्मा १४ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे बताउनु भयो। अझै १० जनाको रिपोर्ट आउन बाँकी रहेको र अन्य ४७ जनाको भने ४७ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे बताउनु भएको छ।
यससँगै उपाध्यक्ष सुनुवारले गाउँपालिकाबासीहरूलाई सबै सचेत रहन र आफ्नाे परिवार छिमेकी र समुदायलाई सङ्क्रमण हुनबाट जाेगाउन अनुरोध गर्नु भएको छ। साथै उहाँले संक्रमित महानुभावहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नु भएको छ।