आईपिएलको जारी सिजनमा आज किङ्स ईलाभेन पञ्जाबले राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । राजस्थान रोयल्सले टस जितेपछि ब्याटिङ्को निम्तो पाएको पञ्जाबले २२४ रनको विजय लक्ष्य प्रस्तुत गरेको हो ।
कोरोना कहरका कारण दुवईमा सारिएको खेलमा दुवईको शर्जाह क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले दुई विकेटको क्षेतीमा २२३ रन बनाएको छ । नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु भएको खेलमा पञ्जबका लागि मयान्क अर्गवालले ५० बलमा सतकिए पारी १०६ रन बनाउँदा कप्तान केएल राहुलले ५४ बलमा ६९ रन बनाए ।
त्यस्तै ग्यालेन म्याक्सवेल र निकोलस पुरनले क्रमश १३ र २५ रनमा नट आउट हुँदा पञ्जाबले राजस्थानलाई विशल लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।
केहि बेरमा राजस्थान ब्याटिङ्मा ओर्लने छ ।