काठमाडौं। पछिल्लो २४ घण्टामा निको भएको संख्या ५ हजार ७६७ रहेका छन्। त्यस्तै २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा पिसिआर विधिबाट २१ हजार ६५३ जना र ४३४ जनाको एन्टिजेन्ट विधिबाट कोभिड १९ सङ्क्रमण परीक्षण गरिएको थियो। नेपालमा कोरोना सङ्क्रमको निको हुने दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको। आजसम्म देशभर १ लाख १३ हजार ४८० जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ५ हजार २१५ जना पुगेको छ।