जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ खुलेको पहिलो दिन मै मागभन्दा बढी आवेदन परेको कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलले जनाएको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

