१९ भदौ । फूटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले शुक्रबार आफू क्याटलान क्लबमै रहने बनाएका छन् । बार्सिलोना छोड्ने भनेर क्लबलाई सूचना दिएको १० दिनपछि मेसीले आफ्नो निर्णय फेरेका हुन् ।

मेसीले क्लबलाई सूचना दिएर आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न चाहेको बताएका थिए । तर बार्सिलोनाले भने ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने बताएको थियो । क्लब छाड्ने निर्णय सुनाउँदै मेसीले आफू बार्सिलोनामा खुसी नरहेको र क्लबको व्यवस्थापनलाई लिएर गुनासो रहेको बताएका थिए । तर अहिले उनले आफ्नो निर्णय फेर्नु पछाडि कानुनी झमेलमा फस्न नचाहनु रहेको बताइएको छ ।