काठमाडौं । साताको पहिलो दिन नेपाली शेयरबजारमा ऐतिहासिक कारोबार भएको छ । नेपालमा पहिलो पटक १० अर्ब बढीको कारोबार भएको हो ।

कारोबार खुलेदेखि नै उकालो लागेको बजार ५४ अंकले बढ्दै २ हजार ७ सय ३८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ८ दशमलव ६४ अंकले बढेर ४ सय ८८ दशमलव १४ विन्दुमा पुगेको छ । 

बढ्दो बजारमा २ करोड १३ लाख २८ हजार बढी शेयरहरु करिब १० अर्ब ५ करोड बराबरमा कारोबार भएको हो । करोबारमा आएको १३ वटै उपसमूह बढेको छ भने सबैभन्दा बढी निर्जिवान बीमा कम्पनी समूहको ४ प्रतिशत भन्दा बढीले बढेको छ । 

ऐतिहासिक कारोबार भएको बजारमा ८ वटा कम्पनीहरुको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी कमाउने लगानीकर्ताहरुमा रुरु जलविद्युतको रहेको छ । २ सय १४ कम्पनीहरुको शेयर कारोबार भएको बजारमा सबैभन्दा बढी गुमाउनेमा युनियन हाइड्रो पावरको करिब ५ प्रतिशत बढीले घटेको छ ।