सिन्धुलीमाढी। खडेरीबाट बचेको मकै गबरा किराले सखाप पारेपछि किसान चिन्तित भएका छन्। कमलामाई नगरपालिकाको बडा नं.४ रायडिमा प्रत्येक कृषकले लगाएको मकै बालीमा गबरा लागेको छ। लामो समयसम्म पानी नपर्दा कृषकले खेतमा छरेको कति मकै नै उम्रिएन कति त उम्रेर पनि पानी नहुँदा सुकेर मरे । अलिअलि बचे मकैमा पनि मेलै लाएर गबरा लाग्दा कृषकहरु चिन्तित भएका हुन्।
मकै बालीमा गबरा लागेपछि गबरा किराले खाएको मकै नै उखेल्नु पर्छ भन्ने कृषि प्राविधिकहरुले भन्ने गरेकाले मकै उखेल्दा खेत बाँझै भएको कृषक श्रीबहादुर तामाङले गुनासो गरेका छन् । उनले करिब २० बिगाहा जमिनमा मकै बाली लगाउनु भएको छ । वर्षेनि ३० देखि ३५ मुरिसम्म मकै भित्राउने गरेको बताउँदै यो वर्ष खडेरी र गबरा किराले मकै सखाप पारेपछि लाखौँको नोक्सान भएको बताएका छन् ।
त्यस्तै अर्का कृषक यज्ञ बहादुर थापाले खडेरिका कारण खेतमा छरेको मकेै नै नउम्रिएको दु:खी छन् । । वर्षभरी गाईबस्तुलाई खुवाउनु पर्ने अन्न बाली खडेरीले नउम्रिदा गाईबस्तुलाई के खुवाउने भनेर चिन्ता व्यक्त गर्दै उनले गुनासो पोखेका छन् । रायडिमा प्रत्येक कृषकको मकैबालीमा गबरा किरा देखिएको छ। कमलामाई नगरपालिका-४ का कृषि प्राविधिक पोष्टराज अधिकारिका अनुसार गबरा किराको लागि इबामेट्रिक बेन्जोइड नामक विषादी छर्कदा नियन्त्रण हुने बताएका थिए । तर कृषकले भने उक्त विषादी हाल्दा पनि पुरै नियन्त्रण नभएको बताएका छन् ।