सिन्धुलीमाढी। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट सङ्क्रमण भएर आज सिन्धुलीमा एक जना बालकको मृत्यु भएको छ। हरिहरपुरगढि गाउँपालिका १ का ८ बर्षिय बालकको आज बिहान सिन्धुली अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

८ वर्षिया बालकको १० के.जि. मात्रै तौल भएपछि बालकलाई सिन्धली अस्पतालमा गरिब एक साता अघि भर्ना गरेको थियो। बालकको बैशाख २१ गते श्वाब सङ्कलनको लागि धुलिखेल पठाइएको थियो। आज नै कोरोना पुष्टि भएको र बालकको आजनै मृत्यु भएको अस्पतालले जनाएको हो । बालकलाई कोरोनाको कुनै पनि लक्षण देखा परेको थिएन । सम्बन्धित गाउँपालिकाले शब ब्यबस्थापन गर्न तयारि भइरहेको छ। यो सँगै सिनधुलीमा कोरोना सङ्क्रमण हुने संङख्या ६ पुगेको छ।