काठमाडौं। नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको गरेको छ। बैंकले आज बैशाख २२ गते देखि आवेदन दिन सकिने गरी उक्त रकम बराबरको ऋण पत्र जारी गरेको हो। न्यूनतम २५ कित्ता देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ।

नेपाल बैंकले आज देखि जारी गरेको ऋणपत्रमा ८ प्रतिशत ब्याज पाईने छ भने यसको समयावधि १० वर्षको रहने जनाएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यका ३५ लाख कित्ता अर्थात ३ अर्ब ५० करोड रुपैयाँ बजाबरको ऋणपत्र निष्काशन गरेको छ। जसमा सर्वसाधारणले भने १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता छुट्याएको छ भने बाँकी २१ लाख कित्ता बैंकले बिक्री गर्ने जनाएको छ।सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइए छ।

अब, सर्वसाधारणले १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आज खुलेको ऋणपत्रमा छिटोमा बैशाख २६ गतेसम्म र त्यस अवधिमा बिक्री भइ नसको जेठ ५ गते सम्म आवेदन दिन सकिने छ।