काठमाडौं । शेयरबजारमा साताको पहिलो र दोस्रो दिन भारी अंकले गिरावट आएकोमा तेस्रो आएर पुन ठूलो अंकले बढोत्तरी भएको छ । आज एकै  दिन ९२ दशमलव ४६ अंकले बढेर २५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स १४ दशमलव ४८ अंकले बढेर ४ सय ६७ दशमलव २९ विन्दुमा पुगेको छ ।

कोभिड-१९ को दोस्रो लहर बढेसँगै सम्भावित जोखिम कम गर्न लकडाउन हुने त्रासले बजार घट्ने क्रममा रहेकोमा लकडाउन भए पनि आवश्यक मापदण्ड पुरा गरेर शेयर बजार बन्द नगर्ने निर्णय भएपश्चात पुन बजारमा हरियाली छाएको हो । 

भारी अंकले बढेको बजारमा ५ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको छ । २ सय १६ कम्पनीको १ अर्ब २ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ भने उक्त शेयर ६३ हजार ५ सय बढी पटक खरिद बिक्रि भएको छ । 

बढ्दो बजारमा उपर तामाकोशीको १० प्रतशितले शेयर मूल्य बढेको छ भने अन्य १० कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढीले बृद्धि भएको छ ।