काठमाडौं । कोभिड-१९ को दोस्रो लहर बढेसँगै शेयर बजार उच्च गतिमा घट्न थालेको छ । कोरोबार खुलेदेखि नै घट्न थालेको बजार करिब ६६ अंकले घटेर नेप्से परिसुचक २५ सय ६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स ११ दशमलव २५ अंकले घटेर ४ सय ५२ दशमलव ७९ विन्दुमा सिमित भएको छ ।

कारोबारमा आएको सबै समूह घटेको छ भने सबैभन्दा बढी हाइड्रो समुह ४ प्रतिशत भन्दा बढीले घटेको छ । 

कारोबारमा आएका २ सय २० कम्पनीमध्ये ८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । विशाल बजार र महिला लघुवित्तको शेयर भने सर्कित लेभलमा बढेको छ भने भरखरै शेयर मूल्य समायोजन भएको रिलायन्स फाइनान्सको सबैभन्दा करिब ८ प्रतिशत बढिले शेयर मूल्य घटेको छ । 

अधिकांश कम्पनीको शेयर मूल्य घटेको बजारमा करिब ६ अर्ब ६० लाख बराबरको कारोबार भएको छ । करिब १ अर्ब ३० करोड कित्ता शेयर खरिद बिक्रिका लागि करिब ८६ हजारभन्दा बढी पटकको कारोबार भएको छ ।