काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा बढ्दो कोभिड-१९ को असर देखिएको छ । प्रि-ओपनिङ्ग सेसनमा बजार बढे पनि करिब ७६ अंकले बजार घटेर बन्द भएको छ भने सेन्सेटिभ १२ दशमल ५६ अंकले घटेर ४ सय ६४ विन्दुमा झरेको छ ।
बिहिबार १६ अंकले बढेर २६ सय ४८ विन्दुमा पुगेको बजार आज करिब ७६ अंकले घटेर २५ सय ७२ अंकमा सिमित भएको छ ।
कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मुल्य घट्दा ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । शेयर मूल्य बढ्नेमा महिला लघुवित्त, विशालबजार, कालिका पावर, मिर्मिरे लघुवित्त र गुडविल फाइनान्स रहेको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको ८ दशमलव ४३ प्रतिशतले शेयर मूल्य घटेको छ भने क्रमश: नारायणी डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, यूनियान हाइड्रो तथा ओरियन्टल होटलको शेयर मूल्य पनि अधिक घट्नेको सूचीमा रह्यो ।
घट्दो बजार भए पनि १ करोड ४६ लाख ९० हजार ७ सय २९ कित्ता शेयर करिब ७ अर्ब २८ करोड ५० लाख हाराहारीमा कारोबार भएको छ ।

