सिन्ध्लीमाढी। सिन्धुलीमामा शनिबार ६ जना कोभिड १९ संक्रमित थपिएको सिन्धुली अस्पतालले जनाएको छ। कमलामाई नगरपालिका –६, शिवनगरस्थित पिसिआर परिक्षण प्रयोगशालामा गरिएको स्वाब परिक्षण मा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

अस्पतालका कोभिड –१९ का प्रवक्ता डा. सागर देवकोटाका अनुसार १३ जनामा गरिएको परिक्षणमा उक्त सङ्क्रमित फेला परेका हुन्। सङ्क्रमितहरू कमलामाई नगरपालिका –४ निवासी २ जना पुरुष र २ जना महिला रहेका छन्। भने वडा नं. -२ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै दुधौली नगरपालिकाको १ मा एक जना पनि कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै सिन्धुलीमा कोभिड सङ्क्रमणको दोस्रो लहरमा सङ्क्रमितको संख्या १३ जना पुगेको प्रवक्ता देवकोटाले जनाएका छन् ।