सुनुवार सेवा समाज संघीय समितिको अधिवेशन तोकिएको मितिमा नहुने भएको छ। संघीय समितिको बुधबार बसेको आकस्मिक बैठकले कोभिड १९ सङ्क्रम तिब्र रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनगर गर्दै पूर्वनिर्धारित मितिको अधिवेशन कार्यक्रम हाललाई स्थगित गरिएको हो। 

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणबीर सुनुवारले कोभिड १९ सङ्क्रमदर तिब्र रुपमा बढीरहेको र सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले त्यसको पालना गर्नु हामी सबैको कर्तव्य भएकाले महामारीको विषम परिस्थितिमा अधिवेशन कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनचासो खबरलाई बताउनु भयो। संगठन अध्यावधिका लागि जिल्ला, नगर तथा पालिकाहरूमा पत्राचार गरिएकोमा सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै कार्यक्रम तथा भेला राख्न र सहरी क्षेत्रमा भेला नगर्न पत्राचार गरिएको बताउनु भयो।

त्यस्तै, बैठकले कोभिड १९ सङ्क्रमणको अवस्था हेरेर अधिवेशनको अर्को मिति तोकिने निर्णय गरेको छ। 

संघीय समितिको अधिवेशन स्थित गर्ने निर्णयसँगै आगामी बैशाख १८ गते भर्चुअल(जुम) को माध्यमबाट सुनुवार सेवा समाज संघीय समिति र मातहत रहेका शाखा तथा भातृ संगठनहरूसँग छलफल कार्यक्रम राखिएको अध्यक्ष सुनुवारले जनचासोलाई जानकारी दिनु भएको छ। 

सुनुवार सेवा समाज संघीय समितिको १० औँ राष्ट्रिय अधिवेशन यही बैशाख २४ गतेका लागि तोकिएको थियो।
 

यो पनि पढ्नुहोस् ।

सुनुवार सेवा समाज संघीय समितिको बैठक सम्पन्न: बैशाख २४ गते १० औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय