२८ कात्तिक, इलाम, मिलन राई । इलामको रोङ गाउपालिका वार्ड न. ६ रम्भ्याङ्गमा एक अज्ञात व्यक्तिबाट सुतिरहेको महिला माथी हत्या गर्ने प्रयास भएको छ।
गएराति सुतिरहेको बेला अन्जान व्यक्तिले बोलाएर बस्नका लागि बास मागेको र उक्त घरमा महिला र साना केटाकेटी मात्रै भएकोले बास नदिएको अर्कै घरमा बस्न आग्रह गरिएको भएता पनि उक्त व्यक्तिले जबर्जस्ती आफै ढोका खोलेर धारिलो ढुङ्गाले महिलाको टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको हो। करिब १ बजे राति ७ वर्षीय छोरा आफ्नो आमालाई कुटपिट भएको भन्दै उद्दार गरिदिन सहयोग माग्न छिमेकीको घरमा पुगेपछि होहल्ला फैलिएको थियो।
उक्त घाइतेको बिर्तासिटी हस्पिटल झापामा उपचार भइरहेको रोङ ६ का जनप्रतिनिधि जीवन राईले बताएका छन् । सो हत्या गर्न आएको व्यक्ति भने फरार रहेको र खोजी कार्य भइरहेको जिर्मले प्रहरी प्रशासनका प्रमुख रोहित मगरले बताएको जानकारी त्यहाँबाट सन्जिब राईले जानकारी दिएका छन् ।

