काठमाडौं। आगामी डिसेम्बर ८ देखि १२ सम्म राजधानी काठमाडौंमा सम्पन्न हुने २० औँ काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र "सेनाको चेली" छनौट भएको छ। इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित "सेनाको चेली" नामक लघु चलचित्र किम्फको छनौटमा परेको हो।

नेपालमा भएको १० वर्षे लामो संघर्षरमा नेपाली समाज पारेको प्रभावको विषयमा दिदीभाईको भूमिका जोडेर रङ्गकर्मी कलाकार इगिहोपो कोँइच सुनुवारको निर्देशनमा तयार गरिएको २० मिनेट लामो लघु चलचित्र "सेनाको चेली" २० औँ किम्फ फेस्टिभलमा छनौट भएको हो।

यस अघि नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा "सेनाको चेली"ले पहिलो स्थान हाँसिल गरिसकेको छ ।

किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ। किम्फले यस पटक ‘नेपाल पानोरमा’मा नेपाली चलचित्र निर्माताहरुले निर्माण गरेका चलचित्रहरु नेपाली कलाकारहरुको छुट्टै प्रदर्शनीमा सहभागी हुने गरी १९ वटा नेपाली लघुचलचित्रहरू छनौट गरेको छ। 

किम्फले यस प्रतियोगिताको लागि गत २ सेप्टेम्बर २०२२ भित्र फिल्म दर्ता गराउन सूचना प्रकाशित गरेको थियो। भने १६ अक्टोबर २०२२ मा छनौट गर्ने जनाएको थियो। साथै किम्फले आगामी १३ नोभेम्बर २०२२ सम्म छनौट भएका फिल्म किम्फको सचिवालयमा माग गरेको छ। 

यो पनि पढ्नुहोस्: 

इगिँहोपोको "सेनाको चेली" बन्यो उत्कृष्ट लघु चलचित्र

युद्ध मैदानकी चेली